यसकारण ३० वर्षको उमेरपछि महिलाहरुले लिनुपर्छ क्याल्सियम

एजेन्सी – तपाईंको हात गोडा झमझम गर्छ र घरिघरि सुन्निन्छ ? शरीरमा क्याल्सियमको कमी हुँदा यस्ता लक्षण देखिन्छन् ।
मानिसले क्याल्सियम सेवन गर्नु जरूरी छ किनकि शरीरलाई अन्य खनिजभन्दा बढी यसको आवश्यकता बढी पर्छ । हाम्रा हाड र दाँत क्याल्सियमबाट नै बन्छन् । लगभग १ प्रतिशत क्याल्सियम रगत र मांसपेशीमा पाइन्छ ।
महिलाहरू ३० वर्ष कटेपछि हाड कमजोर हुन थाल्छ । रजस्वला, गर्भधारण, स्तनपान र रजोनिवृत्तिका बेलामा महिलाको शरीरमा क्याल्सियमको कमी हुन थाल्छ ।
सन् २०१५ मा गरिएको एक अनुसन्धानअनुसार, संसारभरि लगभग ३.५ अर्ब मानिसमा क्याल्सियमको कमी छ । अझ पुरुषभन्दा बढी महिलालाई क्याल्सियमको कमी देखिएको छ ।
क्याल्सियम कम भएको संकेत
हातगोडा झमझम गर्ने अनि शरीर थाक्ने र सुस्त हुने, निद्रा नआउने र भोक पनि कम लाग्ने, छाला सुक्खा हुने
दाँत कुहिने, गिजा पोल्ने, नङ कमजोर हुने वा सेतो चिरा पर्ने, मुटुमा अनायास ढुकढुकी बढ्ने घट्ने ।
क्याल्सियमका लागि दुग्ध पदार्थ अत्यावश्यक हुन्छन् । यसबाहेक अण्डाको सेतो भाग, सीफूड, हरियो सागसब्जी, दाल, ड्राई फ्रुट, ब्रोकाउली, पालुंगो, तोफु, सोयाबीन आदिन पनि खाने गर्नुस् ।
अनि घाममा बस्ने गर्नुस् । त्यसबाट भिटामिन डी प्राप्त हुन्छ र त्यसले शरीरमा क्याल्सियमलाई सोसेर राख्छ ।
यसका लागि क्याल्सियमका गोली वा सप्लिमेन्टको सेवन पनि गर्न सक्नुहुन्छ तर चिकित्सकसँग सल्लाह नगरी नखानुस् ।

Shares

Be the first to comment on "यसकारण ३० वर्षको उमेरपछि महिलाहरुले लिनुपर्छ क्याल्सियम"

Leave a comment

Your email address will not be published.


*