कांग्रेस दोलखाको केन्द्रीय महाधिवेशन प्रतिनिधीमा पराजित भएपछि पत्रकार भण्डारीको यस्तो छ प्रतिक्रिया

चरिकोट –नेपाली कांग्रेस दोलखाको केन्द्रीय महाधिवेशन प्रतिनिधीमा पराजित भएपछि पत्रकार गोर्कण भण्डारीले यस्तो  फेसवुकमा प्रतिक्रिया लेख्नु भएको छ । उहाँ खस आर्य तर्फ केही मतले  पराजित हुनु भएको थियो ।

५६० मत दिएर मलाई माया गर्नु भाे मतमा जित्न सकिएन तर तपाईंको मन मष्तिष्कमा जित्ने प्रयास गर्ने छु । याे निर्बाचन प्रणालिमा कसैले हार्छन् कसैले जित्छन् । म बिजेता बन्न सकिन ! तर म दुखि पनि छैन किनकि मलाई म अाफु ताैलिनु थियाे ! थाहा पाए देखि कांग्रेसमा लागेर गरेकाे याेगदानकाे कदर स्वरूप मलाई अत्यन्तै सम्मानजनक मत प्राप्त भएकाे छ । धेरै छलकपट जानिएन, पैसा थिएन, बा मरेकाे बर्ष थियाे घर बनायकाे बर्ष थियाे म परिपक्क्तामा उन्मुख बन्दैछु । म टुरिष्ट थिईन । सँगै सुत्दा सँगै सुत्नेहरूलाइ लात्ती लागेकाे थियाे हाेला सबैभन्दा बढि मलाई जित्छ क्यारे भन्ने चिन्ता लिनेहरूलाइ खुसि मिलेकाे छ । याे पटक महाधिवेशन जित्याे भने अर्काे पटक पार्टी सभापति हुन खाेज्छ भन्ने घृणित तर्क सम्म सुनेकाे थिए । जे हाेस म अाजिबन कांग्रेस थिए । म पुर्ण कांग्रेस भएँकाे छु । केहि साथिले मेराे केहि चिनजानका एमालेसँग बस्दा सम्म त्याे एमाले भयाे भनेर तर्क गर्ने साथिलाइ म पुरै कांग्रेस बन्नु थियोे याे निर्बाचनले मलाई अबसर दिएकाे थियाे । मलाई उम्मेदवारी घाेषणा गर्ने बितिकै यसले बार्गेनिङ गर्छ यसकाे अन्तिमसम्म उम्मेदवारी रहँदैन , अर्काे कुनै प्रतिष्प्रधिसँग पैसाकाे लागि यसकाे उम्मेदवारी हाे दशैं खर्च जाेहाे गर्ने रणनीति हाे सम्म भन्न भ्याउनेहरूका लागि पनि याे हार जित देखेकाे छु मैले । रक्सि ,मासु र पैसाले गाउँकाे मान्छे गाउँले नै नचिन्ने हुँदाे रहेछ दुखत त्याे मानेमा छ । अर्काे कुरा मैले कुनै पनि ब्यानर र पाेष्टर बनाईनँ भिजिटिङ कार्ड बाहेक ।मलाई अमुल्य मत दिने सबै अादरणिय ब्यक्तित्वहरूलाई हार्दिक अाभार ।

Shares

Be the first to comment on "कांग्रेस दोलखाको केन्द्रीय महाधिवेशन प्रतिनिधीमा पराजित भएपछि पत्रकार भण्डारीको यस्तो छ प्रतिक्रिया"

Leave a comment

Your email address will not be published.


*