म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह

काठमाण्डाै – बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह  गरेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन्। म्यानमारमा अस्ति एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको ज्यान गएको थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् । अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ  । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ ।हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा भव्य भोज गरेको बीबीसीले जनाएको छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।

Shares

Be the first to comment on "म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह"

Leave a comment

Your email address will not be published.


*