मोबाइल सेट पाएपछि सुरीका महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित

चरिकोट, पुस १४
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीले वडाका २१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट वितरण गरेको छ ।
विभिन्न स्वास्थ्य सम्बन्धी कार्य गर्दा सुचना आदानप्रदानमा सहजताका लागि प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई एक–एक सेट मोबाइल वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउदैँ आएको र अबपनि थप स्वास्थ्य सेवा गर्न सहज होस् भन्ने उद्धेश्यका साथ वडाको तर्फबाट  मोबाइल सेट वितरण गरिएको प्राथमिक वडाध्यक्ष डिल्ली धाेज बस्नेतले बताए । साथै उनिहरुलाई एकएकथान न्यानो पछ्यौरा पनि वितरण गरिएको छ । मोबाईल पाएपछि सबै महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन् ।
उत्कृष्ट १ जनालाई साढीचोलीले सम्मान
वडामा रहेका २१ जनामध्ये १ जना उत्कृष्ट महिला स्वयंसेविकाको रुपमा लक्ष्मी खड्कालाई सम्मान गरिएको छ । उनलाई सम्मान स्वरुप साढीचोली वितरण गरिएको वडाध्यक्ष बस्नेतले बताए । वडाध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवामा सहजिकरण गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सदैव सम्मान र प्रशंसा गर्नुपर्ने बताए । साथै उनले कोरोना सम्बन्धी विभिन्न सचेतना र सन्देश प्रवाहमा समेत महिला स्वयंसेविकाले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । मोबाइल फोन पाएपछि थप सन्देशहरु प्रवाहमा सहज हुनेमा उनले विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पालिकाकी उपाध्यक्ष उर्मिला थामी, प्रमुख प्रसाशकीय अधिकृत बालकुमार श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र सुरीका डाक्टर रेहन प्रधान, उत्कृष्ट स्वयंसेविकाको रुपमा सम्मानित लक्ष्मी खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "मोबाइल सेट पाएपछि सुरीका महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित"

Leave a comment

Your email address will not be published.


*