मोटरसाइकल चोर्दा चोर्दै प्रहरी फन्दामा

चरिकोट– मोटरसाइलक चोर्दा चोर्दै चरिकोटमा एक युवक प्रहरीको फन्दामा परेका छन् । मोटर साइकल चोरेर लिएर जाँदै गर्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार राती साँढे १२ बजे शैलङ गा.पा.वडा नं. ४ मागापौवा बस्ने २५ वर्षीय प्रकाश
खड्कालाई मोटरसाईकल पक्राऊ गरेका पक्राऊ गरेको हो ।
चोरीको घटनाहरु बढ्दै आइरहेको गुनासो बढिरहेका बेला प्रहरीले चरिकोट बजारबाटै चोरीको मोटर साइकल सहित पक्राऊ गर्न सफल भएको हो ।
चोरीको मोटरसाइकल जिल्ला दोलखा सािवक गौरीशकर गाउँपालिका ८ घर भई हाल भीमेश्वर नगरपालिका वडा नं. ३ भालुखोला बस्ने २० वर्षी राजकुमार तमाङको रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । तामाङको बा ५४ प ६२७ नम्बरको निजी मोटरसाईकल राती आम्नो घर निजकै पार्किङ गरेको अवस्थामा चोरी भएको हो ।
पक्राऊ परेका खड्काले मोटरसाइकल चोरी गरेको खुल्न आएकाले उनलाई चोरीको शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसन्धान शाखाले जानकारी दिए ।

Shares

Be the first to comment on "मोटरसाइकल चोर्दा चोर्दै प्रहरी फन्दामा"

Leave a comment

Your email address will not be published.


*