मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न

राजकुमार भुजेल
चरिकोट, असोज ४
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारण सभा तथा रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । “रक्तदान, जीवन दान” भन्ने नाराका साथ रगतको मागलाई सहज पूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष माधव प्रसाद दाहालले बताउनु भयो ।

अस्पतालको बेडमा रगत अभावमा छटपटाइरहेका बिरामी र घाइते व्यक्तिलाई बचाउने मानवीय उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा सहकारीकर्मी, शेयरसदस्य सहित २५ जनाले रक्तदान गर्नु भयो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका अध्यक्ष गोकर्ण प्रसाद पोखरेलले जीवनमा महादान भनेको रक्तदान रहेको बताउनु भयो । उहाँले आफ्नो रगत दिएर अरुको ज्यान बचाउन सहयोग गर्ने व्यक्ति बिरामीका लागि भगवान सरि हुने सुनाउन भयो । उहाँले संस्थाले वित्तीय कारोबार मात्र नभई सामाजिक कार्यमा समेत जोड दिएर रक्तदान कार्यक्रम आयोजना गर्नु प्रशंसनीय र अनुकरणीय कार्य रहेको सुनाउनु भयो ।

Shares

Be the first to comment on "मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*