मैत्रीपुर्ण फुटवल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दोलखा पराजित

चरिकोट(दीस) –अन्र्तराष्ट्रिय गैर सरकारी दिवसको अवसरमा दोलखामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माण कार्यका लागि सहयोग गर्ने उद्धेश्यका साथ ग्रामीण उद्यम विकास केन्द्र दोलखाले प्रतियोगितामा आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा र ग्रामीण उद्यम विकास केन्द्र विच भएको मैत्रिपुर्ण खेलमा नेपाल पत्रकार महासंघलाई तिन गोल गरेको थियो । नेपाल पत्रकार महासंघले ग्रामीण उद्यम विकास केन्द्रलाई एक गोल फर्काएको थियो । प्रतियोगिता सँगै ग्रामीण उद्यम विकास केन्द्रले नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा दोलखा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडलले नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नु भयो । सो अवसरमा मन्तव्य राख्नु हुँदै नेपालको विकासमा गैर सरकारी संस्थाहरुको योगदान महत्वपुर्ण रहेको र सञ्चारकर्मीहरुको खवरदारी गर्ने भूमिका महत्वपुर्ण रहेको बताउँनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, ग्रामीण उद्यम विकास केन्द्रका अध्यक्ष जगदिस शिवाकोटीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला खेलुकद विकास समिति दोलखाका संयोजक रोहीत खड्का, जिल्ला फुटवल संघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Shares

Be the first to comment on "मैत्रीपुर्ण फुटवल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दोलखा पराजित"

Leave a comment

Your email address will not be published.


*