मेस्सीले गरे जिदानको तारिफ

बार्सिलोना (एजेन्सी)– यो सिजन ला लिगामा खराब प्रदर्शनका कारण रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब थियो । सिजनको अन्त्यमा बर्खास्तमा पर्न सक्ने आकलन पनि गरिएको थियो । तर, यहि सिजन च्याम्पियन्स लिग उपाधि टोलीलाई दिलाएपनि उनीमाथिको दबाब कम भएको थियो ।

 

उनले प्रशिक्षकका रुपमा रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । त्यस्तो सफलता दिलाउने उनी पहिलो प्रशिक्षक बनेका छन् । लिभरपुललाई ३–१ ले हराउँदै रियल यो सिजन च्याम्पियन बनेको थियो ।

टोलीलाई त्यति ठूलो सफलता दिलाएपछि धेरैलाई लागेको थियो, अब जिदानमाथिको बर्खास्त खतरा टरेको छ । तर, सबैलाई आश्चार्यमा पार्दै जिदान आफैले क्लब छाड्ने निर्णय गरे । क्लबका अध्यक्षसँग नयाँ सिजनका लागि खेलाडी लिने विवाद भएपछि उनले प्रशिक्षक पद त्यागेको बताइएको छ ।

बार्सिलोनाका अर्जेन्टाइन सुपर स्टार लियोनल मेस्सीले पनि फ्रान्सेली जिदानको तारिफ गरेका छन् । कसैले पनि आशा गरेका थिएनन्, मेस्सीले भने, यो साच्चै ठूलो आश्चार्य हो । तर पक्कै त्यहाँ केहि कारण हुनुपर्दछ ।

मेस्सीले अगाडी थपे, मलाई थाहा छैन के हुन्छ । तर उनी जसरी बाहिरिए त्यो उत्कृष्ट रह्यो । उनले सबै खाले उपलब्धी हासिल गरे । उनको जस्तो सफलता कसैले पाउन कठिन छ । ’

Shares

Be the first to comment on "मेस्सीले गरे जिदानको तारिफ"

Leave a comment

Your email address will not be published.


*