मेस्सीको नाममा नयाँ रेकर्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब फुटबल इतिहासमा नयाँ रेकर्ड बनाएका छन्।  मेस्सीले रियल मड्रिडको घरेलु मैदानमा भएको खेलहरुमा सबैभन्दा धेरै जित निकाल्ने खेलाडीको रेकर्ड बनाएका हुन्। उनी २१ औँ शताब्दीमा रियल मड्रिडको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा भएका खेलहमा सबैभन्दा धेरै जित निकाल्न सफल खेलाडी बनेका छन्। मेस्सीले बार्सिलोना र रियलबीचको खेलमा रियलको घरेलु मैदानमा भएका खेलहरु मध्य १२ खेलमा जित निकाल्न सफल भएसंगै नयाँ रेर्कड बनाएका हुन्। मेस्सीपछि बार्सिलोनाका सर्जियो बुस्केट र जेरार्ड पिके रहेका छन्। उनीहरुले समान ११-११ पटक रियलको घरेलु मैदानमा भएका खेलहरु जितेका छन्।

Shares

Be the first to comment on "मेस्सीको नाममा नयाँ रेकर्ड"

Leave a comment

Your email address will not be published.


*