मेलुङ सुन्तला महोत्सव सकियो

चरिकोट(दीस) –दोलखाको मेलुङ गाउँपालिकालाई “सुन्तला पकेट क्षेत्र” घोषणाका लागि भएको मेलुङ सुन्तला महोत्सव २०७६ समापन भएको छ ।
पालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका साथै सुन्तला बगैँचाको निर्माण गरि सुन्तला बचाउ अभियानका लागि शनिबार र आइतबार मेलुङ गाउँपालिकाका वडा नम्बर १ पवटीको रमाइलो डाडाँमा महोत्सव भएको थियो । शनिबार महोत्सवको उद्धघाटन प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गरेका थिए ।उनले दोलखाको विकासमा आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । महोत्सवमा बोल्दै गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठले सुन्तला उत्पादन गर्न सवै सहयोग गर्नुपर्ने बताए । उनले शित भण्डार निर्माण सहयोग गर्न आग्रह संघिय तथा प्रदेश सरकारसँग माग गरेका थिए ।
सो स्थानहरु समुन्द्री सतहबाट ९ सय देखि १४ सय मिटर उचाईसम्म रहेकाले उत्पादित सुन्तलाहरु रसिलो र स्वादिलो हुने पालिकाका श्रेष्ठले बताए । उनको अनुसार गाउँपालिकालाई निकट भविष्यमा प्राङगारिक बनाउन पालिका लागि परेको छ ।
महोत्सवको विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन, सांगितिक प्रस्तुति, सुन्तला, तथा सुन्तला जातका फलफुलहरुको स्टल राखिएको थियो । साथै पालिकामा उत्पादित औगोगिक सामग्रीको प्रदर्शनी गरिएको. थियो
महोत्सवको दोस्रो तथा अन्तिम दिन सुन्तला विज्ञहरुको कार्यपत्र प्रस्तुति, सांगितिक प्र्रस्तुति र मेलुङ संकल्प नामक वृत चित्र प्रदर्शन गरिएको थियो । गाउँपालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर २ को ढलेको वर, डाडाँगाँउ, च्याने, वडा नम्बर४ का लामाटार, आँगेटार, मानेडाडाँ, बुद्धचोक, वडा नम्बर ६को तीनपिप्ले लगायतको स्थानमा सुन्तला उत्पादन हुने गरेको छ ।

Shares

Be the first to comment on "मेलुङ सुन्तला महोत्सव सकियो"

Leave a comment

Your email address will not be published.


*