मेलुङ टुँडिखेलमा अब चौपाया बन्द

दीक्षण समाचार
मेलुङ, ६ असोज

मेलुङमा रहेको टुँडीखेलमा अब चौपाया बन्द गर्ने भएको छ । मेलुङ गाउँपालिका वडा नं. ६ मा रहेको टुँडीखेलको संरक्षणका लागि वडा समिति र मेलुङ बजार व्यवस्थापन समितिले शनिबारबाट चौपायाहरुको चरिचरण बन्द गराउने निर्णय गरेको हो ।
मेलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कुसुम लामाको अध्यक्षतामा भएको बजार व्यवस्थापन समितिको बैठकले नै शनिबारदेखि गाई, भैसी, सुगुर, बंगुर लगायतका चौपाया टुँडीखेलमा चरिचरण छ बन्द गराउने निर्णय गरेको हो । शनिबार स्थानीयहरुको सहभागीतामा टुँडीखेलको सरसफाइ समेत गरेका छन् ।
सुन्दर सफा टुडिखेल हाट बजार भन्ने नाराको साथ मेलुङको बजार वरपर सार्बजनिक स्थालहरुमा छाडा चौपाया गाइ भैसी सुंगुर बगुर बाख्रा जस्ता बस्तुलाई रोक लगाएको वडाध्यक्ष लामाले जानकारी दिए । चौपायाको छाडा राख्दा बाताबरण बिग्ररिने गरी विभिन्न ब्यबसाय नगर्न नगराउन समेत रोक लगाएको छ । मेलुङ पुरानो दोलखा रामेछापको पूर्व ३ नं. जिल्ला सदरमुकाम समेत हो । यो नेपाली सेनाले बनाएको टुँडिखेल हो । सदरमुकारम सरेसँगै नेपाली सेनाको जग्गामा विद्यालय, स्थानीयका व्यापार गर्ने ठाउँ रहँदै आएको छ ।

Shares

Be the first to comment on "मेलुङ टुँडिखेलमा अब चौपाया बन्द"

Leave a comment

Your email address will not be published.


*