मेलुङ गाउँपालिका–१ को वडा कार्यालय भवन निर्माण हुँदै

दीक्षण समाचार
चरीकोट, फागुन १६
दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीको वडा कार्यालय भवन निर्माण सुरु भएको छ । हाल जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको वडाले आगामी बैशाखमा आफ्नै भवन पाउने वडाध्यक्ष ईश्वर कोइरालाले बताउनुभयो । अहिले वडाको सेवा प्रवाह पूर्व गाविसको पुरानो र जीर्ण भवनबाट भईरहेको छ। करिब ५५ सालतिर निर्माण भएको उक्त भवनबाट सेवा प्रवाहमा असहजता छ । यस्तो असहजताको बाबजुद नागरिकलाई खुशी बनाउने काम भईरहेको उहाँको दाबी छ । अब भने वडाको रमाइलो चोकमा २९ लाखको लागतमा एक तल्लाको ६ कोठे आफ्नै भवन निर्माण सुरु भएको छ । ” गत साता जग खन्ने काम सकियो । निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम चलिरहेको छ ।“ सार्वजनिक जग्गामा निर्माण भईरहेको सो भवनमा वडाध्यक्षको कार्यकक्ष, सचिवको कार्यकक्ष, कर्मचारी कक्ष, सामाग्री भण्डारण कक्ष सहित ६ वटा कोठा रहने छ । भवन निर्माणपछि प्रभावकारी सेवा प्रवाहमा सहजता हुने वडाध्यक्ष कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो ”जग्गा उपलब्ध नहुनु, बजेटको अभाव, राजनीतिक खिचतानी लगायतका कारण वडा कार्यालय भवन निर्माण हुन सकेको थिएन । तर अहिले ती सबै समस्या परास्त भएपछि तीव्रता पूर्वक काम भईरहेको छ । मेरो कार्यालय पूरानै भवनमा बित्यो । अब आउने नेतृत्वको लागि नयाँ भवनले सहजता मिल्ने छ ।“ उहाँले आफ्नो कार्यकालमा वडा कार्यालय भवन बन्न नसकेपनि अन्य विकास निर्माणमा भने प्रगति हासिल गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ” शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, सडक, खानेपानी लगायतका क्षेत्रमा योजना अनुरुपको काम भएको छ । जनतालाई दिने सेवा सुविधा कुनै पनि सम्झौता नगरी दिइरहेका छौँ । मेरो कार्यकालको समीक्षा गर्ने हो, भने राम्रै गरी बितेको हो ।“ उहाँले आफ्नो कार्यकालमा प्रतिपक्षको असहयोग र खिचतानी रहिरहेपनि थुप्रै काम गरेको सुनाउनुभयो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिका–१ को वडा कार्यालय भवन निर्माण हुँदै"

Leave a comment

Your email address will not be published.


*