मेलुङ गाउँपालिका कार्यालयको सेवा प्रवाह बन्द

दिक्षण समाचार
चरिकोट, कार्तिक २१
दोलखाको मेलुङ गाउँपालिकाले तीन दिनका लागि कार्यालयबाट प्रदान हुने सेवा बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवारदेखि आईतबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो।
स्थानीयको सुरक्षा तथा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिका कार्यालय बन्द गर्ने निर्णय गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्माले बताए ।
शुक्रबार एक सुचना जारी गरी अन्य मानिसहरुमा कोरोना संक्रमण प्रसार नहोस् भन्दै पालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको जनाईएको छ ।
‘ यस कार्यालयमा कार्यरत केहि कर्मचारीहरुमा कोरोना भाइरसको प्रभाव पोजेटिभ देखिएकाले यस गाउँ कार्यपालिकाको कार्यालय मिती २०७७/७/२१ गते देखि मिती २०७७/७/२३ गतेसम्मको लागि बन्द गरिने भएकोले सर्वसाधारणको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । कार्यालय बन्दका कारण सर्वसाधारणमा पर्न जाने असुविधा प्रति यस गाउँ कार्यपालिका कार्यालय क्षमा चाहन्छ ।’

Shares

Be the first to comment on "मेलुङ गाउँपालिका कार्यालयको सेवा प्रवाह बन्द"

Leave a comment

Your email address will not be published.


*