मेलुङ गाउँपालिकाले फलामे हलो वितरण गर्ने

चरिकोट – जिल्लाको मेलुङ गाउँपालिकाले फलामे हलो वितरण गर्ने भएको छ । कृषिमा लागत घटाई उत्पादन बढ्ने उद्देश्यका साथ पालिकाले सबै वडाका किसानलाई १ सय वटा फलामे हलो वितरण गर्ने भएको छ ।विज्ञान र प्रबिधिको विकास सगै आधुनिक कृषि औजारका सामग्रीमा क्रमशः किसानको पहुँच पुर्याउन पालिकाले फलामे हलो वितरण गर्ने तयारी गरेको हो । त्यस्तै वडा नं। ४ का कृषकहरुलाई मौरी सहितको घार २० वटा वितरण गरिने पालिकाको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्माले बताए । फलामे हलो र मौरी सहितको घार पाउन इच्छुक कृषकहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित पालिकामा निवेदन पेश गर्न पालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाले फलामे हलो वितरण गर्ने"

Leave a comment

Your email address will not be published.


*