मेलुङ गाउँपालिकाले कृषकलाई अनुदानमा धानको विउ वितरण गर्ने

चरिकोट(दीस) ः मेलुङ गाउँपालिकाले कृषकहरुलाई धानको उन्नत जातको विऊ वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा स्थानीयकृषकहरुलाई उन्नत जातको धानको विउ वितरण गेर्ने भएको हो ।
किशानहरुलाई खुमल श्रृंखला तथा मसिनो र बास्नादार धानको उन्तजातको विउ माग गर्न गाउँपालिकाले सूचना प्रकाशन गरेको गाउँपालिकाका मुख्य प्रशासकीय अधिकृत संजय शिवाकोटीले जानकरी दिनुभयो । खुमल श्रृंखला अन्तर्गतका खुमल ४, खुमल १०, खुमल ११, खुमल १२, खुमल १३, खुमल १४ तथा मसिनो र बास्नादार अन्तर्गत पोखरेली जेटो बुढो जातको धानको विउ अनुदानमा वितरण गरिने उहाँको भनाई छ । किसान तथा कृषक समूहले आफूले खेतिगर्ने जग्गाको क्षेत्रफल तथा आवश्यक विउको परिमाण सहित आवेदन दिनु पर्ने मेलुङ गाउँपालिकाले बताएको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाले कृषकलाई अनुदानमा धानको विउ वितरण गर्ने"

Leave a comment

Your email address will not be published.


*