मेलुङ गाउँपालिकामा ६२ जनाले अपाङ्ग परिचयपत्र पाए

अर्जुन अपवाद :दोलखाको मेलुङ्ग गाउँपालिकामा आजदेखि ३ दिने अपाङ्ग परिचयपत्र वितरण शिविर सुरु भएको छ । आइतबारसम्म चल्ने शिविरमा आज पहिलो दिन ६२ जनाले परिचयपत्र प्राप्त गरेका छन् । पालिकाको १ र २ नं वडाका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षणसहित परिचय पत्र वितरण गरिएको हो । वडा नं १ का ५१ र २ का ११ जनाले परिचय पत्र प्राप्त गरेको पालिकाकी उपाध्यक्ष कल्पना भण्डारीले जानकारी दिइन । परिचय पत्र पाउनेमा १४ जनाले पूर्ण अशक्त, २२ जनाले अति अशक्त, १४ जनाले मध्यम अशक्त र १२ जनाले सामान्य अपाङ्गता भएको परिचय पत्र पाएका थिए । अपाङ्गता भएका व्यक्तीहरुलाई जिरी अस्पताल जिरीकी डाक्टर शुसिला सिलवालले स्वास्थ्य परिक्षण गर्नुभएको हो ।  वडा नं १ का पूर्ण अशक्त अम्बर बहादुर कामीलाई पुर्ण अशक्त परिचय पत्र प्रदान गरेर शिविरको सुरुवात भएको थियो । कामीलाई गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष कल्पना भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, वडा नं. १ का वडाध्यक्ष इश्वर कोइराला, वडा नं. २ का वडाध्यक्ष जितबहादुर भण्डारी, वडा नं. ३ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता हिरा थोकर, ४ नं. वडाका वडाध्यक्ष छत्र बहादुर तामाङ्ग, गाउँ कार्यपालिका सदस्य सविना भण्डारीले संयुक्त रुपमा परिचय पत्र हस्तान्तरण गरेका थिए ।  शिविरको दोश्रो दिन भोली ३,४ र ५ वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई भोली परिचय पत्र वितरण गरिनेछ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा ६२ जनाले अपाङ्ग परिचयपत्र पाए"

Leave a comment

Your email address will not be published.


*