मेलुङ गाउँपालिकामा विदेशबाट फर्किएका ११ व्यक्तिको घरमा रातो झन्डा

चरिकोट, चैत्र १९ /ईस्वर विक –दोलखाको मेलुङ गाउँपालिकामा विदेशबाट फर्किएका ११ जना व्यक्तिको घरमा रातो झन्डा राख्न सुरु गरिएको छ । पालिकाले विदेशबाट फर्किएका व्यक्तिहरु कुनकुन घरमा छन् भनेर पहिचान गरि कोरोना भाइरस फैलन नदिन रातो झन्डा राख्न सुरु गरेको हो ।
बुधबार वडा नं १ पवटीमा १ व्यक्तिको घरमाथि झन्डा राखि रातो झन्डा राख्न सुरु गरिएको गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले बताए । उनले भने“ विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि रातो झन्डा विदेशबाट फर्किएका व्यक्ति घरमा राखिएको हो । विदेशबाट केहि दिन अघि फर्किएका व्यक्तिको घरमा रातो झन्डा राखिएको प्रमुख श्रेष्ठले बताए । गाँउमा सवै तिर संक्रमण नफैलियोस भनेर यो अभियान थालिएको उनले बताए । गाउँपालिकाले कोरोनाका संक्रमण भएमा उपचार गर्न एम्बुलेन्स तयारी हालतमा राखिएको पनि श्रेष्ठले बताए । “म बिदेशबाट आएको हु , म अरुको घरमा २ हप्ता भित्र जान्न,तपाईहरु पनि मेरो घरमा नआउनुस, म परिबार बाट समेत एक्लै बसेको छु“ म कोरोनाबाट वच्न चाहान्छु र तपाईहरुलाई पनि बचाँउन चाहान्छु।कोरोना ले कसैलाई चिन्दैन । त्यसैले सबै संग सहयोगको लागि अपिल गर्दछु।” भन्ने पालिकाले अभियान चलाएको उनले बताए ।
पालिकाका स्वास्थ्य संयोजक हरिराम चापागाईंका अनुसार ११ जना व्यक्ति विदेशबाट फर्किएका थिए । जसमा ७ जना भारत र अन्य जापान लगायतका देशबाट फर्किएका छन् । उनिहरुको घरमा पनि पहिचान चिन्ह स्वरुप रातो झन्डा राखिने उनले बताए ।
पालिकाद्वारा पिपिई र मास्क सेनेटाइजर वितरण
मेलुङ गाउँपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई कोरोनाबाट बच्न विभिन्न सामग्रीहरू वितरण गरेको छ ।जसमा १४ सेट पिपिइ स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईलाई वितरण गरिएको छ । ५ वटा स्वास्थ्य चौकीलाई २–२ सेट र ४ सामुदायिक स्वास्थ्य इकाईलाई १–१सेट पिपिई वितरण गरिएको स्वास्थ्य शाखा संयोजक चापागाईंले बताए । त्यसैगरी स्वास्थ्यकर्मी र केहि जनप्रतिनिधिलाई २० मास्क, २० लिटर सेनेटाइजर, ६ सय पिस पञ्जा वितरण गरिएको पालिकाले जनाएको छ । पालिकामा पिपिई मँगलबार प्राप्त भएकोमा सोहि दिन नै केहि स्वास्थ्य चौकीमा वितरण गरिएको थियो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा विदेशबाट फर्किएका ११ व्यक्तिको घरमा रातो झन्डा"

Leave a comment

Your email address will not be published.


*