मेलुङ गाउँपालिकामा भएको घटनाको गाउँपालिका महासंघ र दोलखाका स्थानीय सरकारहरुको बिरोध

चरिकोट, (दीस)– दोलखाको मेलुङ गाउँपालिकामा भएको तालाबन्दीको गाउँपालिका महासंघ र दोलखाका स्थानीय सरकारका प्रतिनिधिहरुले विरोध जनाएका छन् । आज उनीहरुले छुटै प्रेस विज्ञप्ति जारी गर्दै घटनाको बिरोध जनाएका हुन।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाध रुपमा काम गर्ने बातावरण मिलाउन नेपाल सरकार समक्ष आग्रह गरेको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा सो घटना बारे भत्र्सना समेत गरिएको छ ।

 

 

दोलखामा अन्य स्थानीय सरकारका प्रतिनिधिहरुले पनि आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे सहित अन्य स्थानीय तहका प्रतिनिधिद्धरा हस्ताक्षर गरिएको विज्ञप्तिमा घटनाको दोषीलाई कानुनी कारवाही गर्न र घटनालाई राजनीतिकरण नर्गन समेत आगह गरिएको छ ।

 

विज्ञप्तिमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत के.सी., जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंमबहादुर खड्का, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी, भीमेश्वर नगरपालिकाका उप प्रमुख कमला बस्नेत, बैत्यश्वर गाउँपालिकाका अध्यक्ष रविचन्द्र आचार्य, विगु गाउँपालिकाका उपाध्यक्ष सन्जिब ओली र जिल्ला समन्वयसमितिका प्रवक्ता मुरारीराज शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

 

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा भएको घटनाको गाउँपालिका महासंघ र दोलखाका स्थानीय सरकारहरुको बिरोध"

Leave a comment

Your email address will not be published.


*