मेलुङ गाउँपालिकामा बन्ने भो घरवास, पर्यटक आकर्षित हुने विश्वास

इश्वर बिश्वकर्मा
चरिकोट, माघ ३०
दोलखाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक मात्र नभई पर्यटकीय हिसाबले पनि महत्वुर्ण पालिका हो । पालिकामा रहेका पर्यटकिय क्षेत्रको पहिचान तथा थप पुर्वाधार निर्माणका लागि यहाँका स्थानीय सरकारले लाखौँ रुपैयाँ लगानी गरेका छन् । यसैबिच पालिकाले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने भन्दै स्थानीय वासिन्दाहरुको साझेदारीमा घरवास (होमस्टे) सञ्चालन गर्ने भएको छ ।  पालिकाको पर्यटकिय क्षेत्र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ९ वटा क्षेत्रमा घरवास सञ्चालन गर्ने भएको हो । गाईखुरा महादेव मन्दिर, फुर्के सल्ला, लहरे सहरे, भञ्ज्याङ, बाटुले, कल्छे, दुधिले भञ्ज्याङ, मालिका देवी क्षेत्र र मेलुङ बुद्ध स्तुपा क्षेत्रमा साझेदारीमा घरवास सञ्चालन गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्माले बताए । घरवासमा पालिकाको कला संस्कृतिका साथै मौलिक खानासहितका सेवा उपलब्ध गराई पाहुना लोभ्याइने उनले बताए । घरवास सञ्चालनले उक्त क्षेत्रका बासिन्दाका जीवनस्तर उकास्न भूमिका पुग्ने विश्वास गरिएको छ । पालिकाले घरवास सञ्चालनको लागि २७ गते एक सुचना जारी गर्दै प्रस्ताव आह्वान गरेको छ । सुचनामा इच्छुक व्यक्ति तथा संस्थाले सुचना प्रकाशित भएको मितिदेखि १५ दिन भित्र गाउँपालिकाकामा आवदेन दिन सुचित गरेको छ । होम स्टे सञ्चालन, प्रवद्र्धन तथा नियमन सम्बन्धी कार्यविधी, २०७७ अधिनमा रहि साझेदारीमा घरवास सञ्चालन हुने छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा बन्ने भो घरवास, पर्यटक आकर्षित हुने विश्वास"

Leave a comment

Your email address will not be published.


*