मेलुङ गाउँपालिकामा नमुना गोठ सुधार कार्यक्रम

दीक्षण समाचार/चरिकोट, – दोलखाको मेलुङ गाउँपालिकामा नमुना गोठ सुधार कार्यक्रम सञ्चालन भईरहेको छ । यो कार्यक्रम अन्तर्गत पालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएकोले कार्यक्रममा छनोट भएका किसानले पालिकासँग सम्झौता गरी प्राविधिक स्टमेट अनुसार १ लाख बराबरको नमुना गोठ निर्माण गरिहेका छन् । पालिकालाई दुध र मासुमा आत्मनिर्भर बनाउने उद्धेश्यले सञ्चालित यो कार्यक्रम अन्तर्गत ७४ वटा सुधारिएको नमुना गोठ निर्माण हुने पशु सेवा शाखा प्रमुख राष्ट्रकुमार श्रेष्ठले बताउनुभयो । गोठ निर्माण सम्पन्नपछि प्राविधिक मूल्याड्ढनको आधारमा पालिकाले ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउने छ । बाँकी स्वयम किसानले व्यहोर्नुपर्ने हुन्छ । उहाँका अनुसार यो वर्ष वडा नं. १ र ४ मा १२–१२ वटा गोठ निर्माण भइरहेको छ । अरु वडामा १०–१० वटा निर्माण भईरहेको छ । २, ४, ५, ६ र ७ मा गोठ निर्माणको काम अन्तिम चरणमा रहेको र भुक्तानीको प्रक्रियामा रहेको छ । वडा नं. ३ र १ का किसानहरुसँग सम्झौताको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले सुनाउनुभयो ।नियमित घाँसपानी र आवश्यक औषधोपचारको व्यवस्थासगैँ घाम, हावा र प्रकाश सन्तुलित रहेको व्यवस्थित आधुनिक गोठमा पशुपालन गर्नुपर्छ, अनि मात्र पशुपालनबाट सोचेअनुसारको आम्दानी गर्न सकिन्छ । यहि कुरालाई मध्यनजर गर्दै पालिकाले नमुना गोठ सुधार कार्यक्रम सञ्चालन गरेको पालिकाका पशु सेवा शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । गोठ निर्माणपछि गाईभैँसीलाई घाँसपानी दिन, गोबरमुत्र व्यवस्थापन गर्न सहज हुनुका साथै गाईभैँसीमा रोग कम लाग्ने, हृष्टपुष्ट हुने र आयआर्जनमा पनि सुधार हुने छ । गोठ निर्माणको लागि पक्की भुईँ, घाँस दाना तथा पानीको डँुड, गारो, छाना, मल तथा मुत्र राख्ने खाडलको सहि व्यवस्थापन लगायतको मापदण्ड निर्धारण गरिएको छ । कार्यक्रम सञ्चालनको लागि ३७ लाख रुपैयाँ बजेट रहेको पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा नमुना गोठ सुधार कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*