मेलुङ गाउँपालिकामा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गरिने

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाले तामाकोसी कोरिडोर क्षेत्रमा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम संञ्चालन गर्ने भएको हो ।
चालु आर्थिक वर्षको कृषि ब्यावसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत तामाकोसी कोरिडोरमा केरा उत्पादन कार्यक्रम सञ्चालन गर्न लागिएको मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले जानकारी दिनुभयो । कार्यक्रम ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन हुने उहाँको भनाई रहेको छ । कार्यक्रम मेलुङ गाउँपालिका वडा नम्बर एक, दुई र चारमा सञ्चालन गरिने छ । साझेदारी कार्यक्रममा सहभागी हुनका लागि गाउँपालिकाल प्रस्ताव आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृृत शिवाकोटीले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*