मेलुङ गाउँपालिकामा एकै दिन एक हजार बढी पशुको स्वास्थ्य परीक्षण

दीक्षण समाचार
चरिकोट, असार ७
दोलखाको मेलुङ गाउँपालिका वडा नं. ३ मा आयोजित पशु स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी पशुको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिकाले सोमबार आयोजना गरेको शिविरमा किसानले पालेका गाईभैँसी, बाख्रा, बंगुर लगायत एक हजार १ सय ५० वटा पशुपन्छीको स्वास्थ्य परीक्षण गरिएको हो ।
 स्वास्थ्य परीक्षणसँगै पशुपन्छी स्याहार तथा रोगबाट बचाउने उपाय सम्बन्धी किसानहरूलाई जानकारीसहित पशुमा परजीवीका कारण लाग्ने रोग विरुद्धका औषधि प्रदान गरिएको पालिकाका पशु सेवा प्राविधिक राष्ट्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा पशुपन्छी पालन व्यवसाय बढिरहेको बेला किसान समस्या र पशुपन्छीको रोग पहिचान तथा निदानको उद्देश्यले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत शिविरको आयोजना गरिएको हो । शिविरबाट लाभान्वित भएपछि किसानहरू खुशी भएका छन् । किसानहरूले गाउँगाउँमा किसानको समस्या वृद्धि हुन थालेकोले त्यसको पहिचान गरी पालिकाले निवारणमा सहयोग गर्नुपर्ने माग गरेका छन् ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा एकै दिन एक हजार बढी पशुको स्वास्थ्य परीक्षण"

Leave a comment

Your email address will not be published.


*