मेलुङ गाउँपालिकामाः ५१ जनालाई पालिकाले लगायो रेबिज बिरुद्धको एन्टी रेबिज भ्याक्सिन

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकामा रेबिजले ३ जनाको ज्यान लिएपछि पालिकाले ५१ लाई निशुल्क एन्टी रेबिज भ्याक्सिन लगाइएको छ । पालिकाका ११ परिवारका ५१ जनालाई आज सो भ्याक्सिन लगाइएको हो । ५१ जनालाई बिभिन्न समयमा बौलाहा कुकुरले टोकेको थियो । महामारी रोग नियन्त्रण महाशाखाको टेकु अस्पतालका डा . निशान्त ठाकुरको टोली पालिकाका ५ ,६ र ७ नम्वर वडाहरुमा बौलाह कुकुरले टोकेका स्थानीयलाई सो एन्टी रेबिज भ्याक्सिन लगाइएको गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले जानकारी दिए । भ्याक्सिन दिए पछि रेबिजको समस्या समाधान हुने बिस्वास लिएको गाउँपालिकाका प्रमुख श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामाः ५१ जनालाई पालिकाले लगायो रेबिज बिरुद्धको एन्टी रेबिज भ्याक्सिन"

Leave a comment

Your email address will not be published.


*