मेलुङ गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारीमा

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन २८
दोलखाको मेलुङ गाउँपालिकामाले आउँदो शैक्षिक सत्र देखि मौलिकता झल्कने गरि स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी पालिकाले छ ।
पालिकाको आउँदो शैक्षि सत्रमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा एक देखि पाँच कक्षासम्मका लागि पाठ्यक्रम निर्माण गरि लागु गर्ने तयारी पालिकाले गरेको हो ।
स्थानीय ज्ञान सीप र प्रविधिको विकास, शिक्षामा विकेन्द्रीकरणको प्रक्रिया र स्थानीय आश्यकता, रोजगारी व्यवसाय सुहाउँदो गुणस्तरीय शिक्षासहितको पाठ्यक्रम लागु गरिने गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए ।

मेलुङ गाउँपालिकाको परिचय, स्थानीय धर्म, संस्कृति, मठमन्दिर, पर्यटन, अन्नबाली, फलफूल, तरकारी, वन, जडिबुटी लगायतका बिषय समेटि हाम्रो मेलुङ मेलुङ सेरोफेरो शिर्षकमा पाठ्यपुस्तक निर्माण गरिने उनले बताए ।

पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागितामा सुझाव संकलन गरि विषयलाई प्राथमिकता दिइने उनले बताए ।
उनले भने “स्थानीय तहहरुले स्थानीय विकासको आधार हुने गरि माटो सुहाउँदो, संस्कृतिको संरक्षण, प्राकृतिक, पर्यावरणिय विषयमा प्रयोगात्मक शिक्षा लागु गर्नुेपर्ने व्यवस्था रहेको छ । हाम्रो पालिकामा पनि सोही व्यवस्थालाई लागु गर्न स्थानीय पाठ्क्रम निर्माण गर्न लागिरहेका छौँ ।”
पालिकामा स्थानीय पाठ्यक्रम लागु गर्नका लागि थुप्रै चुनौति रहेको उनि बताउँछन् । स्थानीय स्रोत र साधनको समुचित प्रयोग हुने गरि प्रयोगात्मक शिक्षामा पालिकाले जोड दिने भएकाले पालिकाको आधारशिला पाठ्यक्रम बन्ने उनले बताए । स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गराउनेमा जिल्लाकै पहिलो स्थानीय तह मेलुङलाई बनाउनका लागि र सार्थक रुप प्रदानका लागि गाउँपालिकाले तिब्र रुपमा तयारी गरिरहेको उनले बताए ।

पालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि सदरमुकाम चरिकोटमा गरिएको २ दिने कार्यशालाबाट वडा नम्बर ३ का अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षातामा ७ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति निर्माण गरिएको छ । समितिले स्थानीय पाठ्यक्रमको प्रारुप तयार गर्ने समितिका अध्यक्ष तामाङले बताए ।


कार्याशालाले स्थानीय पाठ्यक्रमको खाका तयार गरेको छ । निर्माण भएको समितिले पाठ्यक्रमको प्रारुप आउँदो चैत २० भित्र पालिकामा पेश गर्ने छ । अध्यक्ष तामाङले भने “स्थानीय वासीको माग र चाहना अनुसारको स्थानीय परिवेश समट्ने गरि पाठ्यक्रम निर्माण गर्न तिब्र तयारी भइरहेको छ । हामी निरन्तर छलफल र समन्वयमा जुटेका छौं ।”
फागुन २६ र २७ गते चरिकोटमा आयोजना भएको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशालामा पाठ्यक्रम विकास केन्द्रका खिल नारायण श्रेष्ठले स्थानीय पाठ्क्रमको अवधारणा, औचित्य, सन्दर्भ, तत्व, विद्यमान नितीगत व्यवस्था, स्थानीय तहको पाठ्यक्रम विकासका लागि सम्भावित विषयहरु लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यशालामा मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ, मेलुङ गापाका शिक्षा शाखा प्रमुख, विद्यालयका शिक्षकहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ का अनुसार १ देखि ३ कक्षासम्म, २०६५ अनुसार ४ देखि ५ कक्षासम्म र २०६९ अनुसार ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम सबै स्थानीय तहले लागु गर्नुपर्ने व्यवस्था रहको छ । तर जिल्लाको कुनै पनि स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गर्ने छाँटकाँट नदेखाएको अवस्थामा अहिले मेलुङले त्यो तयारी गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो निती तथा बजेट कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गर्ने भनि प्रस्तुत गरेपनि कुनै तयारी गर्न सकेको छैन ।

तस्बिर हिरा कुमार तामाङ

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारीमा"

Leave a comment

Your email address will not be published.


*