मेलुङ गाउँपालिकाको ५ वटा वडामा पञ्जीकरण तथा सामाजिक सुरक्षा अभिमुखिकरण

चरिकोट, पुस १४–मेलुङ गाउँपालिकाको ५ वटा वडामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सबै वडामा १ दिने कार्यक्रम गर्ने लक्ष्यसहित गाउँपालिकाको पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाको आयोजनामा असोज २२ गतेबाट कार्यक्रम गर्न शुभारम्भ गरिएको थियो । २२ गते वडा नं. ५ मा, २४ गते वडा नं. २ मा, २५ गते वडा नं. ४ र असोज २७ गते वडा नं. ७ मा आयोजना गरिएको थियो । पुस १४ अर्थात् मंगलबार भने वडा नं. ६ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको पालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष हिरा थोकरले बताए ।
वडाध्यक्ष, वडा सचिव, कार्यपालिका सदस्य लगायतलाई व्यक्तिगत घटनादर्ता र सामाजिक सुरक्षासम्बन्धी जानकारी दिई क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको पालिकाका सुचना अधिकारी सन्तोष पौड्यालले बताए । अभिमुखीकरण कार्यक्रममको सहजीकरण गाउँपालिकाको एम.आइ.एस.अपरेटर नविन्द्र रिमाल र फिल्ड सहायक कला ठकुरीले गरेका थिए । जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता कसरी गर्ने, यसको आवश्यक प्रक्रिया र सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान, तिनीहरुको दर्ता, सामाजिक सुरक्षा भत्ता वितरण लगायतको विषयमा आवश्यक सीप तथा जानकारी प्रदान गरिएको थियो । बाँकी रहेका वडाहरुमा पनि कार्यक्रमको आयोजना गरिने पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाको ५ वटा वडामा पञ्जीकरण तथा सामाजिक सुरक्षा अभिमुखिकरण"

Leave a comment

Your email address will not be published.


*