मेलुङ गाउँपालिकाको सीमान्तकृत परिवारलाई सोलार बत्ती

चरिकोट। दोलखाको मेलुङ गाउँपालिकाले एक हजार दलित तथा सीमान्तकृत परिवारलाई सोलार बत्ती वितरण कार्य सुरु गरेको छ। गाउँपालिकाले बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र बाट अनुदान सहयोगमा प्राप्त सोलार बत्तीलाई गाउँपालिकामा रहेका दलित तथा सीमान्तीकृत समुदायलाई वितरण गर्न लागेको हो। “उज्यालो नेपाल कार्यक्रम” अन्तर्गत सोलार बत्ती प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकाको ७ वटै वडाबाट छनोटमा परेका दलित तथा सीमान्तीकृत समुदायलाई सोलार बत्ती वितरण गर्ने बताए । उनले सबै वडामा सोलार बत्ती पुगिसकेको र समय मिलाएर एक हप्ताभित्र वितरण गरिसक्ने बताए । ७ वडा रहेका गाउँपालिकामा आइतबार वडा नम्बर ४ मेलुङका ४३ घरधुरी दलित तथा सीमान्तीकृत थामी परिवारलाई सोलार बत्ती प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाको सीमान्तकृत परिवारलाई सोलार बत्ती"

Leave a comment

Your email address will not be published.


*