मेलुङ गाउँपालिकाद्वारा महिलालाई उद्वघाेषण तालिम

तालिममा सहभागीहरु

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ६
दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबारदेखि ३ दिने वक्तृत्वकला तथा उद्घोषण तालिम सुरु भएको छ । मेलुङ गाउँपालिकाले २०७७÷०७८ को महिला लक्षित कार्यक्रम अन्र्तगत तालिम आयोजना गरेको हो । वाक कलाको विकास र क्षमता अभिवृद्धि गराई महिलाकाे अधिकार सुनिश्चितताको लागि आवाज बुलन्द पार्ने अभिप्रायका साथ उक्त तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा पालिकाको ७ वटै वडाका प्रतिनिधित्व हुने गरी ३२ जना महिलाको सहभागिता रहेको छ । सहभागीहरुलाई नवराज फूँयालले प्रशिक्षण दिईरहेका छन् । साथै तालिममा वक्तृत्वकला तथा उद्घोषणकला मात्रै नभई स्वस्थ जीवनयापन कलाबारे जानकारी पनि दिइने आयोजकले जनाएको छ । पालिकाका अध्यक्ष नर श्रेष्ठले तालिम पछि सहभागी महिलाकाे क्षमतामा अभिबृद्वि हुनुका साथै सामाजिक रुपान्तरणमा काेषेढुङगा साबित हुने  बताए । कार्यक्रममा उपाध्यक्ष कल्पना भण्डारी ,  प्रमुख प्रसाशकिय अधिकृत महेन्द्र बिक  वडा नं.३ का वडाध्यक्ष एवं पालिका प्रवक्ता हिरा थोकर लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस अघि पनि दलित लक्षित कार्यक्रम अन्र्तगत पालिकाले चरिकोटमै वक्तृत्वकला तालिम आयोजना गरेको थियो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाद्वारा महिलालाई उद्वघाेषण तालिम"

Leave a comment

Your email address will not be published.


*