मेलुङ गाउँपालिकाका शिक्षकलाई तालिम

चरिकोट, माघ १७
मेलुङ गाउँपालिकाका शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको लेखा प्रशासन तथा जिन्सी व्यवस्थापन सम्बन्धि २ दिने तालिम चरिकोटमा सम्पन्न भएको छ । पालिकामा सञ्चालित विद्यालयहरुको लेखाङ्कन प्रणालीलाई व्यवस्थित गर्न र प्रशासनिक चुस्तता कायमका लागि शिक्षकहरुलाई लक्षित गरि पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तालिमको आयोजना गरेको हो । पालिकामा सञ्चालित ३४ वटा सामुदायिक विद्यालयमध्ये आधारभूत विद्यालयका प्रधानाध्यापक र माध्यमिक विद्यालयका लेखा शिक्षक गरि ३१ जनाको सहभागिता रहेको थियो । तालिममा विद्यालयको जिन्सी व्यवस्थापन, प्रशासनिक कार्य सम्पादन, एकिकृत शैक्षिक प्रणाली लगायतको विषयमा प्रयोगात्मक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ, भीमेश्वर नगरपालिकाका बरिष्ठ अन्तरिक लेखा परिक्षण अधिकृत जगदिश अर्याल, मेलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख नबराज सापकोटा, प्राविधिक सहायक (शिक्षा) ठाकुरनाथ ढुङ्गना लगायतले प्रशिक्षण दिएका थिए । तालिम समापन समारोहमा गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी, गाउँपालिका प्रवक्ता एवम् वडा नं. ३ का वडाध्यक्ष हिरा थोकरले मन्तव्य राखेका थिए । समापन समारोहमा गाउँपालिका कृषि शाखा प्रमुख विष्णु जिरेल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा दोलखाका अध्यक्ष सुदिप रसाइली लगायतको सहभागिता रहेको थियो । विद्यालयको लेखा प्रशासन तथा जिन्सी व्यवस्थापन सम्बन्धि तलिमले थप क्षमता अभिबृद्धि भएको बताएका छन् ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाका शिक्षकलाई तालिम"

Leave a comment

Your email address will not be published.


*