मेलुङ गाउँपालिकाका कृषकहरुलाई हातेट्रयाक्टर

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ३ का कृषकहरुलाई हातेट्रयाक्टर वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको हो ।
आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत बागमती प्रदेशको अनुदान सहयोगमा वडा नम्बर ३को दोभान वर्षे आलु उत्पादक कृषि समूहमा आबद्ध किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हालै ट्रयाक्टर उपलब्ध गराइएको मेलुङ गाउँपालिकाका कृषि प्राविधिक विष्णु जिरेलले जानकारी दिनुभयो । ५.५ को एच पिको डिजेल इन्जिनको ५ थान हातेट्याक्टर तथा ४ टन उन्नत जातको आलुको बिउँ,विषादी छर्नको लागि १६ लिटरको स्प्रेयर १५ थान लगायतका सामग्री गाउँपालिका अध्यक्ष हिरा थोकरको हातबाट किसानहरुलाई उपलब्ध गराईएको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाका कृषकहरुलाई हातेट्रयाक्टर"

Leave a comment

Your email address will not be published.


*