मेलुङ गाउँपालिकाका एक हजारले पाए सोलार बत्ती

भेडपु – दोलखाको मेलुङ गाउँपालिका वडा नंम्बर ३ का दलित तथा अति सिमान्तकृत समुदायका ८४ घर परिवारले सोमबार सोलार बत्ती पाएका छन । पालिकाकी उपप्रमुख कल्पना भण्डारी र प्रबक्ता हिरा थोकरले संयुक्त रुपमा सोलार बत्ती लाभ ग्राहीहरुलाई प्रदान गरेका छन यो आर्थिक बर्ष गाउँपालिकाका ७ वटा वडाका पिछडिएका समुदायका १ हजार घरपरिवारले सोलार बत्ती पाएका छन् । गाउँपालिकाको पहलमा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले दलित तथा अति सिमान्तकृत समुदायका १ हजार घरपरिवारलाई सोलार बत्ति बितरण गरेको हो । सोलार बितरण कार्यक्रममा पालिकाका प्रवक्ता थोकरले सोलार “मेलुङको उज्यालो अभियान”लाई सहयोग पुगेको बताए । गाउँपालिकाको ७ वटै वडाका दलित तथा बिपन्न र बत्तीको पहुँच नपुगेका घरपरिवार छनौट गरि २० वाट क्षमता बराबरको सोलार बितरण गरिएको थोकरले जानकारी दिए । सोलार प्राप्त गरेपछि उज्यालो पाएको भन्दै दलित तथा थामी समुदायका लाभग्राही परिवारले खुसी व्यक्त गरेका छन् ।सोलार पाए पछि आफुहरु उज्यालोमा वस्न सहयोग पुगेको सो वडाका स्थानीय पुर्ण विकले बताए । “कयौ बर्ष हामी अध्यारोमा बस्यौ , सोलार पाएसँगै हाम्रो घर पनि उज्यालो भएको छ । अर्का स्थानीय शंकर विकले भने । गाउँपालिकाले सोलारका लागि गत आर्थिक बर्ष नै बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा प्रस्ताव पेश गरे अनुसार सो पालिकामा ९० लाख बराबरको सोलार कार्यक्रम परेको सोलार वितरक कम्पनी सुर्य रोसनी इन्ड्रस्ट्रियका कुमार बस्नेतले जानकारी दिए ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाका एक हजारले पाए सोलार बत्ती"

Leave a comment

Your email address will not be published.


*