मेलुङ गाँउपालिकाका किसानलाई हाते ट्रयाक्टर

चरिकोट (दीस) ः दोलखाको मेलुङ गाँउपालिकामा पालिका भित्र १२ वटा समुहलाई ट्याक्टर वितरण गरिएको छ । मेलुङ् गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा सामुदायिक विकास मञ्च नेपालद्धारा सञ्चालित मेलुङ् कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता परियोजनाले गाँउपालिकाका २ वटै वडामा हाते ट्याक्टर वितरण गरेको छ । ट्याक्टर वितरणपछि गाँउपालिका उपाध्यक्ष गायत्री आचार्यले सामुदायिक विकास मञ्च नेपालाई धन्यवाद ज्ञापन गर्दै पालिकाको आप्mनै सक्रियतामा सबै वडाहरुमा महिला समुहहरु गठन गरी महिलाहरुको आम्दानी र परिवारको उत्पादकत्वमा बृद्धि गर्ने उदेश्यले यो परियोजना संचालन भएको बताउनुभयो । यसै अनुरुप मेलुङ् गाँउपालिकाका २ वटा वडाहरुका १२ वटा समुहहरुलाई समुहले छनौट गरीएका व्यतिmहरुको संरक्षणमा हुने गरी ट्याक्टर वितरण भएको हस्तान्तरण समारोहमा सामुदायिक विकास मञ्च नेपालका कार्यकारी निर्देशक प्रेम प्रसाद अधिकारीले समुहको माग अनुरुपका आधारमा हाते ट्याक्टर वितरण गरिएको बताउनु भयो । यसको संरक्षण र संचालनका लागि समुहको कार्यविधि बनाई सबै सदस्यहरुको पहुँच हुने गरी अघि बढ्न सुझाव दिनुभएको छ । त्यसैगरी कार्यक्रममा मेलुङ् गा.पा वडा नं. १ का वडा अध्यक्ष ईश्वर कोईरालाले उपस्थित समुहका सदस्यहरुलाई ट्याक्टरको संरक्षण गरी सुरक्षा गर्न अपिल गर्नुभएको छ ।
मेलुङ गाउँपालिका वडा नं. १ र ३ मा किसान ब्राण्डको ७ हर्स पावरको पेट्रोल ट्याक्टर वितरण गरिएको छ । वितरण भएका ट्याक्टरहरु किसान र परियोजनाको लागत साझेदारीमा हस्तानान्तरण भएको छ । किसान र परियोजनाको चार लाख अन्ठानब्बे हजार रुपैयाँ) लागत साझेदारी रहेको छ । समुहले निर्णय गरेका १२ जना व्यतिmहरुलाई हस्तान्तरण भएको हो ।
दोलखाको मेलुङ गाउँपालिकामा कृषि तथा पशु पालन मार्फत उत्पादन र उत्पादकत्व बृद्धि गर्न गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपालको साझेदारीमा मेलुङ कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना सञ्चालित छ ।

Shares

Be the first to comment on "मेलुङ गाँउपालिकाका किसानलाई हाते ट्रयाक्टर"

Leave a comment

Your email address will not be published.


*