मेलुङमा १५ शैयाको अस्पताल शिलान्यास

अर्जुन अपवाद –दोलखाको मेलुङ्ग गाउँपालिकामा १५ शैयाको आधारभुत अस्पताल शिलान्यास गरिएको छ । नेपाल सरकारको ३९६ स्थानीय तहमा एकैपटक अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत आज अस्पताल शिलान्यास भएको हो । मेलुङ्ग गाउँपालिका ४ भेड्पुमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले शिलान्यास गरेका हुन ।

कार्यक्रम वडा नं. ४ का अध्यक्ष एवं भेड्पु स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष श्रेष्ठले पालिकाले अस्पतालको डिपिआर गर्नका लागि पालिकाबाट ५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । अस्पताल निर्माणका लागि नेपाल सरकारले ७० लाख रुपैंया विनियोजन गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष हिरा थोकरले गाउँमै स्वास्थ्य सेवा पुर्‍याउने कामको सुरुवात भएको बताए । गाउँको सरकारको अनुभुती दिनका लागि यस कार्यले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई रहेको छ ।
अस्पताल निर्माणका लागि कल्पना गोलेले जग्गा उपलब्ध गराएको पालिकाका स्वास्थ्य शाखा प्रमूख हरिराम चापागाँइले जानकारी दिए । शिलान्यास कार्यक्रममा पालिकाका उपाध्यक्ष कल्पना भण्डारी,  प्रमूख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
Shares

Be the first to comment on "मेलुङमा १५ शैयाको अस्पताल शिलान्यास"

Leave a comment

Your email address will not be published.


*