मेलुङमा भलिबल प्रतियोगिता सम्पन्न, भुमेस्थान मा.विले जित्यो उपाधि

राजकुमार भुजेल
चरिकोट, चैत १२
प्रथम अखिल क्रान्तिकारी कप २०७८ मेलुङ्ग गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न अखिल(क्रान्तिकारी), मेलुङ गाउँपालिकाको आयोजनामा भएको क्रान्तिकारी कपको उपाधि भुमेस्थान माध्यमिक विद्यालयले हात पारेको छ। त्यसैगरी द्धितीय डाँडा खर्क मा.वि, तृतीय आजादी मा.वि भएको छ । बिजेता सम्पुर्णलाई सिल्ड,मेडर, प्रमाणपत्र साथै नगद हस्तान्तरण गरिएको आयोजकले जनाएकोछ । कार्यक्रममा वाइसिएल मेलुङ गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका युवा नेता ठाकुर दास गिरी, अखिल क्रान्तिकारी का केन्द्रिय नेता प्रशुन कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियोे ।

Shares

Be the first to comment on "मेलुङमा भलिबल प्रतियोगिता सम्पन्न, भुमेस्थान मा.विले जित्यो उपाधि"

Leave a comment

Your email address will not be published.


*