मेलुङमा आयुर्वेदको गाउँघर क्लिनिक

दीक्षण समाचार
चरिकोट, ३० फागुन
मेलुङ गाउँपालिका वडा नं. ७ जोगीगाउँमा आयुर्वेद स्वास्थ्यको गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । विहीबारबाट स्थानीय सामुदायिक भवनबाट यसको सेवा सुचार गरिएको हो ।
मेलुङ गाउँपालिका वडा नं. ७ मा स्वास्थ्यको कुनै पनि इकाइ नभएकाले गाउँपालिकाले आर्युवेद औषधालय भेड्पूबाट यस्तो सेवा दिन थालेको हो । गाउँघर क्लिनिकबाट महिनामा २ दिन स्थानीयले सेवा पाउने मेलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष नवराज खड्काले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता समेत रहेका शिक्षा स्वास्थ्य विभाग प्रमुख हिरा थोकरले उत्घाटन गरेको कार्यक्रममा मेलुङ गाउँपालिकाका स्वास्थ्य इकाइ उपप्रमुख मानदास श्रेष्ठ, मेलुङ इलाका स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर योगीको उपस्थिति थियो ।
पछिल्लो समयमा एलोपेथिक उपचारबाट आर्युवेद उपचारमा मानिसहरुको आकर्षण बढ्दै गएको बेला मेलुङमा यस्तो सेवा सुचारु भएको हो । एलोपेथिक उपचार पद्धतिबाट एउटाको औषधीको सेवनबाट शरीरको अर्को अंगमा असर गरे तापनि आयुर्वेद उपचारबाट कम असर गर्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको भनाई छ ।
पछिल्लो समयमा मानिसको स्वास्थ्यमा नसर्ने रोगीहरुहरुको संख्या बढ्दै जानु डरलाग्लो अवस्था भएकाले यसबाट छुटकारा पाउन बेलैमा खानपान र व्यायाममा ध्यान दिनु पर्ने गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख हिरा थोकरले बताए । गाउँपालिकाले अब सबै गाउँपासीको स्वास्थ्यमा ध्यान दिएको बताए ।
भेड्पू आयुर्वेद औषधालय प्रमुख गंगाकुमारी तमाङले अब हरेक मासिक रुपमा गाउँपालिका भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक दिन आयुर्वेद शिक्षाको बारेमा जानकारी गराउने र हरेक वडामा स्थानीय जडिबुटीबाट औैषधी बनाउने बारेमा सिकाउने उनले बताइन् ।
थामी, योगी र मगर जातीको बसोबास रहेको त्यस क्षेत्रमा स्वास्थय सेवा लिन एक घण्टा हिडेर कि मेलुङ वा किर्ने पुग्नु पर्ने बाध्यता थियो ।

Shares

Be the first to comment on "मेलुङमा आयुर्वेदको गाउँघर क्लिनिक"

Leave a comment

Your email address will not be published.


*