मेलुङका ६ जना उत्कृष्ट कर्मचारी सम्मानित

चरिकोट(दीस)ः दोलखाको मेलुङ गाउँपालिकाले पालिका भित्र कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरेको छ । २१ औं निजामती दिवसको उपलक्ष्यमा शनिवार पालिकाले उहाँहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनु हुनेहरुमा मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी, कर्मचारीहरु रामबहादुर योगी, रामकाजी काफ्ले, योगेश श्रेष्ठ, गौतम रिमाल तथा मेनुका कार्की रहनु भएको मेलुङ गाउँपालिकाले जनाएको छ । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा कुमार तमाङ ,उपाध्यक्ष गायत्री आचार्य तथा वडाध्यक्षहरु ,पत्रकार ,लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "मेलुङका ६ जना उत्कृष्ट कर्मचारी सम्मानित"

Leave a comment

Your email address will not be published.


*