सिन्धुपाल्चोक, :शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गर्नुभएको थियो । –––
मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक १७ श्रावण २०७८, आईतवार १७:५२
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो"