मेरो जीवनमा वृद्धभत्ता पाँच हजार पुगेको हेर्ने मन छ

ईश्वर बिश्वकर्मा
चरिकोट,१९ जेष्ठ

भिमेश्वर नगरपालिका ७ कुप्रिका बमबहादुर थापा उमेरले ९३ बर्ष पुगिसके । उनको शरिरमा विभिन्न रोगले बेला बेलामा आक्रामण गरिरहन्छ । स्वास्थ्य समस्याले सताइरहन्छ । यी यस्ता बुढेसकालमा देखिने समस्या र रोगले समातेपनि उनि अहिले धेरै खुसी छन् । यस्तो बुढेसकालमा उनमा खुसी देखिनुका कारण धेरै छन् । पहिलो खुसी त उनले ९२ औँ बर्ष बिताईसकेका छन् । त्यसैले उनि धेरै खुसी छन् । आफ्ना छोरा छोरीबाट साथ पाएका छन् । उनलाई बुढेसकालमा स्याहारसुसार उनका छोराछोरीबाटै हुने गरेको कारणले उनि खुसी छन् । त्यसैगरि उनमा आजभोली अर्को खुसी थपिएको छ । त्यो खुसीको हो वृद्धाभत्ता । वृद्धाभत्ता २ हजार बाट ३ हजार बढेको सुखद खबरले उनमा पहिलेको भन्दा अत्याधिक खुसी थपिएको छ । आफ्नो जीवनकालमा दुख र सुखका विभिन्न आरोह आवरोह कटाएका बमबहादुर भन्छन् ूहुन त चुनावका बेला वृद्धभत्ता ५ हजार पु¥याउने कुरा गरेका थिए । त्यतिबेला झन् खुसी लागेको थियो । उनिहरुले आफुले बोलेका कुराहरु पुरा गर्छन् होला भन्ने लागेको थियो ।चुनाव भइसकेको यतिका बर्ष हँुदापनि वृद्धभत्ता बढाउने कुनै छाँटकाँट देखिएन । पोहोरको बर्ष पनि बढाएका थिएनन् तर यो बर्ष भने २ हजारबाट ३ हजार पु¥याए साह्रै खुसी लागेको छ । मेरो जीवन कालमा पाँचै हजार पुगेको हेर्ने मन छ । सायद आशा गर्छु अर्को बर्ष पाँच हजार नै पु¥याउछन् कि !ू
बमबहादुर थापा क्षेत्रीका ३ छोरा र २ छोरी लगायत नातिनातिना,पनातिपनातिहरु रहेका छन् । उनलाई परिवारले पनि सधैँ खुसी राखेको पनि बताउँछन् । त्यस्तै उनले भने छोराछोरीले आफ्ना बुबाआमालाई सधैँ खुसी राख्नुपर्ने बताए । आप्mना बुबाआमालाई छोराछोरीले अनिवार्य रुपमा हेर्नुपर्ने नियमकानुन पनि लागु हुनुपर्ने उनको जोड थियो ।
त्यस्तै तामाकोसी गाउँपालिका ४ झुुलेका प्रेमबहादुर कार्की पनि सरकारले वृद्धाभत्ता ३ हजार पु¥याएकोमा खुसी प्रकट गरेका छन् । सरकारले ५ हजारै नदिएता पनि ३ हजार सजिलैसंग पाईयोस् । उनले भने सरकारले जेष्ठ नागरिक लगायत आम नेपाली जनताको मनमुटु जित्न सफल हुनुपर्ने धारणा पनि व्यक्त गरेकाछन् । उनले सरकारलाई धन्यबाद सहित खुसी व्यक्त गरेका छन् । त्यसैगरि दोलखाबासी लगायत सम्पुर्ण नेपालीहरुले वृद्धाभत्ता बढेको प्रति खुसी व्यक्त गरेका छन् ।
बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघिय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेट भाषणमा एक हजार वृद्धाभत्ता बढेको घोषणा गरेको थियो । ७० वर्ष उमेरका सबै जेष्ठ नागरिक र ६० वर्ष पुगेका सबै दलित जेष्ठ नागरिकले अब तीन हजार मासिक रुपमा पाउने छन् प्रधानमन्त्री मनमोहन अधिकारीले १०० रुपैँयाबाट सुरु गरेको वृद्धभत्ता २०७६मा २ हजार बढेर तीन हजार पुगेको छ । नेपाल कम्युनिष्ट पार्टिले चुनावी समयमा वृद्धभत्ता प्रतिमहिना पाँच हजार पु¥याउने कुरा आफनो घोषणा पत्रमा समावेश गरेका थिए । तर ३ हजार मात्र पु¥याएको हो । तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईले १ सय७५ रुपैँयाबाट वृद्धि गरि ५००रुपैँया पु¥याएका थिए । त्यसैगरि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले मासिक २ हजार पु¥याएकाथिए।

Shares

Be the first to comment on "मेरो जीवनमा वृद्धभत्ता पाँच हजार पुगेको हेर्ने मन छ"

Leave a comment

Your email address will not be published.


*