मुल्यबृद्धिको विरुद्ध राप्रपाको दोलखामा प्रर्दशन

दीक्षण समाचार ÷चरिकोट, – दोलखाको सदरमुकाम चरिकोटमा सोमबार साँभm राँके जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय युवा मोर्चाले राजतन्त्रको स्थापना, नागरिक विधेयक खारेज, मूल्य वृद्धि नियन्त्रणको माग राखेर जुलुस प्रदर्शन गरेको हो । प्रहरीले प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरुलाई लाठी चार्ज गरेको छ ।
प्रहरी दमनले आफूहरुलाई कमजोर नबनाएको बरु सशक्त र कठोर हुने साहस जागेको राप्रपाका अध्यक्ष राजन बहादुर शिवाकोटीले बताउनुभयो । “जनताको पक्षमा आन्दोलन गरेका हौँ । तर प्रहरी दमन भयो । हाम्रा साथीहरु माथी लाठी चार्ज भयो ।” उहाँले भन्नुभयो, “यसमा खेद व्यक्त गर्छाैँ । जनपक्षमा काम नगर्ने सरकारको विरुद्ध अब आन्दोलन चर्काउँछौँ ।” राष्ट्रिय युवा मोर्चाका नवराज खड्काले प्रहरी दमनको बिरोध गर्दै दमनबाट आफूहरू नडराउने बरु आन्दोलनलाई बृहत् र सशक्त बनाउने बताउनु भयो ।

Shares

Be the first to comment on "मुल्यबृद्धिको विरुद्ध राप्रपाको दोलखामा प्रर्दशन"

Leave a comment

Your email address will not be published.


*