मुद्दा फैसलाको दश वर्षपछि पक्राउ

चरिकोट (दीस) ः सालकको खपटा(आखेटोपहार) ओसारपसार गरेको मुद्धामा फरार रहेका एक पुरुषलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले शुक्रबार काठमाडौबाट पक्राउ गरेको छ । पक्राउ पर्ने पुरुषमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का ४४ वर्षीय टासी भनिने टसी तामाङ रहेका छन् । तामाङलाई गौरीशंकर संरक्षण क्षेत्रको सम्पर्क कार्यालय दोलखाले २०७० साल मंसिर १७ गते ५ वर्ष कैद र ६२ हजार रुपैया सजाय तोकेको हो । फैसालापछि तामाङ फरार हुदै आएका थिए । प्रहरीले उनको खोजी गर्दै आएको थियो । प्रहरीले मुद्वा फैसला भएको १० बर्षपछि तामाङलाई काठमाडौंको गोकर्णेश्वर ४ स्थित नाम्गेल बसपार्कबाट नियन्त्रण लिएको जनाएको छ । तामाङलाई आइतबार फैसला कार्यान्वयनको लागि गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखामा ल्याइएको छ ।

Shares

Be the first to comment on "मुद्दा फैसलाको दश वर्षपछि पक्राउ"

Leave a comment

Your email address will not be published.


*