मुडे देखी चरिकोट सडक निर्माण दुई तीन भित्र निर्माण थालनी गर्छौ – व्यवसायी सापकोटा

चरिकोट–दोलखाको सदरमुकाम चरिकोटमा मुडे देखी चरिकोटसम्म निर्माण गर्न लागेको सडकको निर्माण व्यवसायीले निर्माण ढिलो भएको भनेर विरोध भएका छन । सदरमुकाम चरिकोटमा केही हप्ता देखी विभिन्न चरणका आन्दोलन हुँदै आएका छन । तर निर्माण व्यवसायी दिपक सापकोटाले यो हप्ताबाट निर्माण थाल्ने दीक्षण दैनिकसँग बताएकाछन ।

दोलखामा त दैनिक जसो आन्दोलन भइरहेको छ नि?

भोली र पर्सीमा देखिने गरि काम गर्छु । खरिढुँगाबाट ग्रेडर रोलर राखेर काम सुरु भएको अवस्था छ । चरिकोटबाट पनि काम सुरु हुन्छ । ग्रेडर रोलरको अपरेटरहरु आइपुग्दै छन् । छिटो भन्दा छिटो काम पनि देखाउनु प¥यो र जनताको समस्या पनि समाधान गर्नुप¥यो भनेर ज्यान फालेर काम गरिराको छु । रिजल्ट नदेखिएको अवस्था छ । त्यहि भएर हंगामा भइरहेको छ ।

विरोध धेरै भइरहेको छ त । तपाँइको धारणा के छ ?

था छ मलाई । काम गरेर पैसा लिन बाँकी भाको मान्छे यत्रो बदनाम हुनु परेको छ । आखिर कसैले रहर गरेर त्यस्तो काम गर्दैन हेर्नुस । यसलाई छिटो भन्दा छिटो २, ३ दिन भित्रै देखीने गरि काम अगाडी बढाउँछु ।

भुक्तानी बाँकी भएको कुरा पनि आएको थियो नि?
पचास प्रतिशत चान चुन पैसा पठाइदिएको छ । सहजिकरण गर्न उहाँहरु पनि तयार हुनुभएको छ । आयोजना प्रमूख पनि परिवर्तन भएर नयाँ मानिस आउनु भएको छ । उहाँको नयाँजोश जाँगर छ । सबैलाई साथमा लिएर अगाडी बढिरहेको छु ।

यो वर्षमा काम सकिएला त ?
अव हामी २ सेट इक्युप्मेन्ट लिएर काम गर्छौ । मलाई अलिकती सुरु गर्न गाह्रो भयो । साथीभाइहरुसँग छलफल गरिराको छु । मएक्लै बदनाम भएँ । हामी ३, ४ जना पार्टनर छौं । सबैका बिचमा छलफल भइरहेको छ । भोलीबाटै म टिमहरु पठाउँछु ।खरिढु्रगामा टिम पुगिसकेको छ । मकैबारी क्याम्पमा बस्ने गरि अर्को टिम आउँदै हुनुहुन्छ । भोली बेलुका त्यहाँ  पुग्नुहुन्छ । म आफै्र आउने प्लानिङमा छु ।दुवैतिरबाट २ सेट इक्युप्मेन्ट राखेर भएपनि समयमै काम सकाउने टार्गेट छ । जेठसम्ममा काम सकाउने योजना छ ।

छन ।

Shares

Be the first to comment on "मुडे देखी चरिकोट सडक निर्माण दुई तीन भित्र निर्माण थालनी गर्छौ – व्यवसायी सापकोटा"

Leave a comment

Your email address will not be published.

*