मुडे–चरिकोट सडक सञ्चालनमा

चरिकोट, २२ माघ (रासस) :दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरुद्ध भएकामा आज दिउँसोदेखि सवारीसाधन सञ्चालनमा आएका छन् । चरिकोट क्षेत्र तथा मुडे क्षेत्रको दुवै क्षेत्रबाट स्काभेटरले हिउँ पन्छाइएपछि सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजालले बताउनुभयो । दोलखाका उच्च क्षेत्रमा शुक्रबार बिहानदेखि नै बाक्लो हिमपात भएपछि राजधानी काठमाडौँबाट दोलखा जोड्ने खाडिचौर–चरिकोट सडकखण्डअन्तर्गत मुडे खरिढुङ्गा क्षेत्रमा करिब २४ घण्टा सवारी साधन अवरुद्ध बनेका थिए । –––

Shares

Be the first to comment on "मुडे–चरिकोट सडक सञ्चालनमा"

Leave a comment

Your email address will not be published.


*