मुडे चरिकोट सडक फलोअप ःसंघर्ष समिति अदालत जाने

चरिकोट (दीस)–मुडे चरिकोट सडकमा काम नभएको भन्दै निरन्तर आन्दोलन गरिरहेको संघर्ष समिति अदालत जाने भएको छ । संघर्ष समितिले आइतबार दोलखा जिल्लाका कानुन व्यवसायीहरुसँग अदालती प्रकृयाका बारेमा छलफल गरेको थियो । नेपाल बार एसोशियसन दोलखा शाखाको हलमा भएको कार्यक्रममा बाटोको काम निर्धारित समयमा सम्पन्न गर्नका लागि अदालती प्रकृयामा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । छलफलमा नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष सरोज उप्रेतीले उच्च अदालतमा रिट दायर गरेर जाने सकिन सुझाब संघर्ष समितिलाई दिएका थिए ।
संघर्ष समितिका अगुवा चिरञ्जीवी मास्केले ठेक्का प्रकृयाका सम्पूर्ण फाईलहरुको अध्ययनपछि अदालती प्रकृयामा जानका लागि तयारी भईरहेको बताए । ‘अदालतमा समयमै काम सम्पन्न गर्नका लागि आदेश माग गर्ने गरि मुद्धा दायर गर्ने कुरा भइरहेको छ’, मास्केले भने ।

Shares

Be the first to comment on "मुडे चरिकोट सडक फलोअप ःसंघर्ष समिति अदालत जाने"

Leave a comment

Your email address will not be published.


*