मुडे–चरिकोट सडक अलपत्र पार्ने विरुद्ध जारी आन्दोलन कडा बनाइदैँ

दीक्षण समाचार
चरिकोट, कार्तिक २९
६ वर्षदेखि मुडे–चरिकोट सडक अलपत्र भएपछि अान्दाेलनरत दोलखाका नागरिकहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । एक वक्तव्य जारी गदृै सडक अपलपत्र पार्ने ठेकेदार र यसमा चासो नदिने सरकारी पक्ष विरुद्ध नागरिकहरुले थप आन्दोलनको घोषणा गरेका हुन् । चिरञ्जीवी मास्केको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर लामो समयदेखि आन्दोलन जारी रहेपनि आज उक्त सदस्यहरु थपेर समितिलाई बृहत र मजबुत बनाइएको छ । सडक क्षेत्र भित्रका सवै वडाका जनप्रतिनिधि र राजनितिक दलका स्थानिय नेतृत्व र सामाजिक अभियन्ताहरुको प्रतिनिधित्व हुने गरी पाँच सय १ सदस्यीय संघर्ष समिति विस्तार गरिएको हो । सोमबार भीमेश्वर नगरपालिका नं वडा ६ को कार्यालयमा सम्पन्न सर्वदलिय, सर्वपक्षिय भेलाले समिति बनाई चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।  समितिमा वडाका नं ६ वडाध्यक्ष नविन लामा, वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, वडाका नं ७ वडाध्यक्ष कैलाश कुमार श्रेष्ठ, वडाका नं ८ वडाध्यक्ष नकुल केसी, ९ नं वडाका वडाध्यक्ष चित्रबहादुर भुजेल समेत रहनुभएको छ । सडकमा निर्माणमा भएको ढिलासुस्ती, र चरम लापरवाहीका विरुद्ध आन्दोलनको घोषणा गरिएको बताइएको छ ।

संघर्षका कार्यक्रमहरु
२०७८ मंसिर ४ गते शनिवार विहान १० बजे आई.ओ.एम को हल चरिकोटमा दोलखा जिल्लावाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेशका प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर सबै माननीय सांसद ज्युहरू संग आन्दोलनको तयारी बारे छलफल कार्यक्रम आयोजना गर्ने ।
२०७८ मंसिर ५ गते सडक क्षेत्र भित्र पर्ने ५ ओटै वडा र सडक क्षेत्र भित्रका वस्तीहरुमा पुगेर वडा स्तरको संघर्ष समिति गठन गर्ने ।
२०७८ मंसिर ६ गते मुल संघर्ष समितिको बैठक बसी संघर्पका थप कार्यक्रम घोपणा गर्ने ।
दोलखा जिल्लालाई राजधानी संग जोडने प्रमख लाईफलाइन’ खाडीचौर–चरिकोट सडक खण्ड २०७२ सालमा निर्माण कम्पनीसँग दुई वर्ष भित्र सक्ने गरी सम्झौता भएको थियो । तर सडक विभागको वेवास्ता र ठेकेदार पक्षको चरम लापरवाहीका निर्माण हुन नसकी ६ वर्षदेखि अलपत्र अवस्थामा छ । अलपत्र सडकका कारण यात्रुले निकै सास्ती खेपिरहेका छन् ।

वक्तव्य

Shares

Be the first to comment on "मुडे–चरिकोट सडक अलपत्र पार्ने विरुद्ध जारी आन्दोलन कडा बनाइदैँ"

Leave a comment

Your email address will not be published.


*