मिलीजुलीलाई उत्कृष्ट करदाता सम्मान

ध्रुव आचार्य
दोलखा, ५ मंसिर
चरिकोटमा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नेपाल सरकारलाई आर्थिक वर्ष २०७३।७४ मा धेरै कर तिरेबापत दोलखाको उत्कृष्ट करदाताको रुपमा मिलीजुलीलाई सम्मान गरेको छ ।


दोलखा उद्योग वाणिज्य संघले सातौं कर दिवस तथा कर सप्ताहको अवसरमा बुधबार चरिकोटमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धुलिखेलले मिलीजुली सहकारीलाई सम्मान गरेको हो । दोलखाबाट नियमित र उत्कष्ृट कर तिरे वापत मिलीजुलीलाई सम्मान गरेको आन्तरिक राजश्व कार्यालय धुलिखेलका कर अधिकृत डम्बरुप्रसाद पराजुलीले बताए । मिलीजुली सहकारी यस अघि पनि आर्थिक वर्ष २०७०÷०७१ मा पनि आन्तरीक राजश्व कार्यालयबाट पनि उत्कृष्ट करदाताको रुपमै सम्मानित भएको थियो ।
मिलीजुली एसियाली ऋण महासंघबाट सिल्भर गोल्ड प्राप्त सहकारी हो । सम्मानपछि मिलीजुली सहकारीका कार्यबाहक अध्यक्ष कृष्णबहादुर गौतमले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई नीति, विधि र प्रविधियुक्त सेवा तथा सुविधा प्रदान गर्दै आएको बताए । संस्था सञ्चालनमा पुर्ण सुशासन कायम गर्दै राज्यमा प्रचलित ऐन नियमको परिपालना गरेको उनले दाबी गरे ।


दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले व्यवसाय गरेपछि राज्यलाई तिर्नु पर्ने कर व्यवसायीले कानुन अनुसार तिर्ने तर राज्यले पनि सोही अनुसारको सुविधान दिनु पर्ने बताए । अध्यक्षले एउटा सहकारी संस्था र व्यवसायीलाई एउटै कित्तामा राखेर मापन गर्न राज्यले नहुने बताए । सहकारी संस्थासँग एउटा व्यक्तिले करकै लागि प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
राज्यले व्यवसायमैत्री वातावरण कायम गर्न गर्न पनि उनले आग्रह गरे । अध्यक्ष कार्कीले स्थानीय सरकारहरुले लगानीकर्ताका लागि कर छुट गर्ने प्रतिबद्धता गरे तापनि सोही अनुसार कानन समेत तयार हुनु पर्नेमा जोड दिए । घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग नवीकरण र सञ्चालन गर्न नसक्ने व्यवसायको खारेजीको गर्न समेत झण्झट रहेकाले सरलीकृत गर्न आग्रह गरे ।

Shares

Be the first to comment on "मिलीजुलीलाई उत्कृष्ट करदाता सम्मान"

Leave a comment

Your email address will not be published.


*