मिलिजुली कालिञ्चोक साकोसले मनायो ३२ औं स्थापना दिवस

दोलखा । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३२ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ । सोही अवसरमा संस्थाले सदस्य लगाएत विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ ।

रक्तदान कार्यक्रममा १४ जना महिला र २१ जना पुरुष गरी ३५ जनाले रक्तदान गरेका थिए । आर्थिक वर्ष २०८० / ०८१ मा उत्कृष्ट डिजिटल कारोवार, उत्कृष्ट शेयर सदस्य, पूर्व सञ्चालक, पूर्व लेखा सुपरिवेक्षण समिति, पत्रकार, बालबचतकर्ता, बर्ष उत्कृष्ट कर्मचारी लगाएतका बिभिन्न बिधाहरुमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

संस्थामा आब २०८१ / ०८२ श्रावण मसान्त सम्ममा कुल वासलात १ अर्ब २८ करोड ६५ लाख ९४ हजार २३१ रुपैया वासलात पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए । उनले संस्थामा २३ हजार ८६८ शेयर सदस्य र ८ हजार ३३६ बालबचतकर्ता पुगेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षता, बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काको प्रमुख आतित्थ्यता, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्माको आथ्यिता रहेको थियो । त्यसैगरी दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्का, नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको समेत आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष, संरक्षक, सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा सम्मानीत सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिलगाएतले शुभकामना मन्तब्य दिएका थिए । मन्तब्यका क्रममा सहकारी संस्थालाइ सुशासनमा सञ्चालन गर्नको लागि संघहरुले सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रममा सहभागि हुनुपर्ने तथा संस्थाको आकार नभई गुणस्तर बिकास गर्नुपर्ने कुरामा जोड दिए ।

Shares

Be the first to comment on "मिलिजुली कालिञ्चोक साकोसले मनायो ३२ औं स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*