मिलिजुली कालिञ्चोक साकोसको भवन उद्घाटन

चरिकोट(दीस)ः मिलिजुली कालिञ्चोक सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । आइतवार चरिकोट विच बजारमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
नवनिर्मित भवनको उद्धघाटन राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यष मिनराज कँडेलले गर्नु भएको थियो कार्यक्रममा आफ्नो मन्त्ब्य व्यक्त गर्नु हुँदै कँडेलले मिजिजुलीको सुशासनको अबस्था राम्रो बनाएकाले ब्राण्डयुक्त सहकारी भएको बताउनु भयो । आफ्नै भबनबाट कार्यालय सञ्चालन गर्नु सहकारीको अर्को सफलता भएको उहाँले बताउनु भयो । मिलिजुली कालिञ्चोक सहकारी संस्थाको ३० औं साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुले पनि आइतवार बाट पदभार सम्हालेको साकोसका कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।साकोसमा आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म संस्थामा बाल बचतकर्तासहित ३४ हजार ३ सय ३४ जना शेयर सदस्यहरु रहेका छन् भने कुल पूँजि १ अर्ब २६ करोड, १५ लाख ५ हजार ४१७ रुपैयाँ पुगेको छ । 
 

Shares

Be the first to comment on "मिलिजुली कालिञ्चोक साकोसको भवन उद्घाटन"

Leave a comment

Your email address will not be published.


*