मिलिजुली कालिञ्चोक सहकारीको साधारण सभा सम्पन्न

चरिकोट (दीस) –मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार चरिकोटमा मुल साधारण सभा गर्दै साधारण सभालाई समापन गरेको छ । मुल साधारण सभामा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले संस्थाले प्रदान गर्ने बिभिन्न सम्मान प्रदान गर्नु भएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै संस्थाका अध्यक्ष नारायण श्रेष्ठले दोलखामा सहकारीको माध्यमबाट पनि पर्यटन प्रर्वधन भएको बताउनु भयो । सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्ने नीति लिएको बताउनु भयो । संस्थाले भाद्र ३० गते बिहीबार पहिलो एकाई र आश्विन ३ गते सोमबार दोस्रो एकाईको साधारण सभा सञ्चालन गरेको थियो । कार्यक्रममा आव ०७८÷०७९ मा उत्कृष्ट कारोवार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, जेष्ठ शेयर सदस्य, अशक्त शेयर सदस्य, पत्रकार, पुर्व सञ्चालक, पुर्व लेखा सुपरिवेक्षण समिति, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट ऋण कारोवार गर्ने सदस्य, उद्यमी सेयर सदस्य, सेवाकेन्द्र स्तरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु, बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी, पुर्व कर्मचारी गरी २८ बिधामा सम्मान, प्रशंसा तथा पुरस्कार वितरण गरिएको संस्थाका कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनु भयो ।
आव ७८÷०७९ को अन्त्यमा संस्थाको कुल वासलात १ अर्ब २४ करोड ७५ लाख ६९ हजार ९१५ पुगेको छ भने २४ हजार ९४७ जना शेयर सदस्य र ९ हजाए २६२ जना बालबचतकर्ता गरी कुल जम्मा ३३ हजार २०९ जना बचतकर्ताहरु रहेका छन ।

Shares

Be the first to comment on "मिलिजुली कालिञ्चोक सहकारीको साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*