मिलिजुली कालिञ्चोकमाःसम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ सम्बन्धी अन्तक्रिया सम्पन्न

चरिकोट (अनिल दहाल ) –दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ सम्बन्धी अन्तक्रिया सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता सम्पन्न भएको अन्तक्रियामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संरक्षक, सल्लाहकार र उच्च ब्यवस्थापन टोली सहभागि भएका थिए । सहकारी संस्थामा सुशासनको तह मापन गर्ने कार्यक्रम कुलेग, संस्थाले बर्तमान अवस्थामा प्रयोग गरेको प्रविधिको अवस्था तथा भावी आवश्यकताको बारेमा अन्तक्रियामा छलफल गरिएको थियो । अन्तक्रियामा पेपरलेस कार्यालय तथा क्यासलेस कारोवार र सहकारी बिभागद्धारा जारी गरीएको सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ अनुसार संस्थाले निर्माण गरेको सम्पत्ति शुद्धिकरण निवारण नीति २०७४ माथि प्रस्तुतिकरण सहित छलफल गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईस्वर न्यौपानेले जानकारी दिए । संस्थाको सञ्चालक समितिले आर्थिक बर्ष २०७६ ÷०७७ निर्णयहरुको समिक्षा गर्ने कार्य सम्पन्न गरेको अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी अन्तक्रियामा संस्थाको रणनीतिक योजना तथा ब्यवसाय निरन्तरताको योजना बिचको समायोजन र आकस्मिक कोष बचत योजना तथा प्रविधि प्रयोगमा संस्थाको मानव संशाधनको भुमिका बिषयमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) का सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल द्धारा जुमको माध्यमबाट गरिएको सहजिकरणमा तालीम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आगामी दिनमा आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवा सुबिधामा प्रविधिलाई प्राथमिकता दिने, सेवा सुविधामा प्रभावकारीता बृद्धि गर्ने, आकस्मिक कोष बचत योजनामा सबै शेयर सदस्यहरुलाई शिक्षा प्रवाह गरी सहभागि गराउने, संस्थामा प्रभावकारी सुशासन कायम गराउन कुलेगको प्रभावकारी कार्यान्वयन गर्ने, एएमएललाई अक्षरस कार्यान्वयन गर्ने, शेयर सदस्यहरुलाई मुस्कान सहितकाे सेवाकाेबारे अन्तक्रियामा छलफल गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Shares

Be the first to comment on "मिलिजुली कालिञ्चोकमाःसम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ सम्बन्धी अन्तक्रिया सम्पन्न"

Leave a comment

Your email address will not be published.


*