मिलिजुली कालिञ्चोकको स्थापना दिवसमा रक्तदान

चरिकोट /अनिल दहाल – मिलिजुली कालिञ्चोक ऋण बचत सहकारी लिमिटेडले स्थापना दिवसको अबसरमा रक्तदान गरेर मनाएको छ । साकोसले आफ्नो २८ औ स्थापना दिवसको अबसरमा कोभिडको आवश्यक मापदण्ड र सतकर्ता अपनाउदै रक्तदान गरेको हो । स्वास्थ्य कार्यालय चरिकोटमा भएको रक्तदानमा २८ जनाले रगत दान दिएका थिए ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी.ले यो विषम परिस्थितीमा पनि संस्थाले रक्तदान कार्यको उच्च कार्य गरेको बताए । संस्थाबाट घोषित बिभिन्न बिधाका सम्मानित ब्यक्तित्वहरुलाई आगामी साधारण सभामा प्रदान गरिने सम्मानको लागि बधाई दिई संस्थाको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेफ्स्कुनका संचालक सदस्य तथा बागमति प्रदेश बचत तथा ऋण सहकारी सघंका महासचिब जिबशराज खड्काले २०५० साल भाद्र ७ गते स्थापना भएको सहकारीले सहकारीमा बिभिन्न सफलता प्राप्त गर्दै गईरहेको र आगामी दिनहरुमा पनि सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले सबै प्रयास सहकारीले सफलता हासिल गर्दै गरेको बताए ।


संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चरिकोट दोलखाका कार्यालय प्रमुख बिभु कुमार झा, जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाई , संस्थापक अध्यक्ष रामदाश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेल, नेपाल स्वयंमसेबी रक्तदाता समाज दोलखा शाखाका अध्यक्ष श्याम गौतम, पत्रकार, संस्थाका पदाधिकारी समिति, संचालक सहभागिता रहेको थियो ।

संस्थाको २०५० साल भाद्र ७ गते स्थापना भएको थियो । नेपाल रेडक्रस सोसाईटी र स्वयंमसेबी रक्तदाता समाज नेपालको सहकार्यमा रक्तदान भएको हो ।

Shares

Be the first to comment on "मिलिजुली कालिञ्चोकको स्थापना दिवसमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*