मिर्गौला प्रत्यारोपण गरेर पाँच बर्ष सरकार चलाउछु –प्रधानमन्त्री ओली

काठमाडौं (दीस) । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला छिट्टै ट्रान्सप्लान्ट गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार कुराकानी गर्दै यस्तो बताएका हुन् । मेरो किड्नी चाँडै नै ट्रान्सप्लान्ट गर्ने हो,” प्रधानमन्त्री ओलीले भने, “अनि तीनवर्ष बेस्सरी काम गर्ने हो ।” उनले बाँकी तीनवर्ष पनि आफैं प्रधानमन्त्री हुने स्पष्ट पारे । मैले पहिले पनि भनेको थिएँ,” उनले भने, “आलोपालो भनेर पहिले भनिएको हो । अहिले उहाँ (प्रचण्ड) कै प्रस्तावमा अब म एक्लैले पाँचवर्ष शासन गर्ने भन्ने भएको छ ।”
प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट छिट्टै पारित हुने बताए । उनले पहिले सम्झौता गर्ने अनि पछि छलफल गर्ने नेपालीको बानी नै भएको उल्लेख गर्दै पहिलको सरकारले गरेको सम्झौतामा अहिले आएर आईपीएस भन्ने आरोप लगाइएको बताए । हामीले हाम्रो स्वार्थ हेर्ने हो,” उनले भने, “पाँचवर्ष्भित्रमा सबै गरिसक्नुपर्नेछ । नभए सबै फिर्ता जान्छ । त्यसैले संसदबाट पारित गर्न हतार गर्नुपरेको हो ।” अमेरिकाले सुशासन, भ्रष्टाचारविरुद्ध र लोकतन्त्रको हितमा प्रयोग गर्ने भनेकाले यसमा डराउनुपर्ने कुनै कारण नभएको उनको टिप्पणी थियो ।

Shares

Be the first to comment on "मिर्गौला प्रत्यारोपण गरेर पाँच बर्ष सरकार चलाउछु –प्रधानमन्त्री ओली"

Leave a comment

Your email address will not be published.


*